काठमाण्डौ २२, पुस । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले इरान र अमेरिकबीच भइरहेको टकराबलाई मध्यनजर गरेर मध्यपूर्वमा रहेका नेपाली श्रमिक समस्या परे उद्धार गर्न सरकारले रणनिती बनाईरहेको बताएका छन् ।
आज मन्त्रालयमा पत्रकार सम्मेलन गदै मन्त्री यादवले खाडीमा रहेका नेपाली कामदारलाई भईपरि समस्या आए कसरी उद्धार गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालय संग छलफल अगाडी बढाईरहेको बताए ।
श्रम मन्त्रालयका सचिव विनोद केसीले सबै सम्बन्धित मन्त्रालयबीच छलफल भइरहेको जानकारी दिर्दै केही दिनमै निर्णय सार्वजनिक गर्ने बताए । परराष्ट्र मन्त्रालयले सम्बन्धित देशमा रहेका नेपाली दूतावास र ती देश हेर्ने अरु दूतावासलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क गर्न निर्देशन दिएको बताएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend