मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

प्रतिनिधिसभाको बैठकभन्दा अघि नै सभामुखको टुँगो लाग्ने नेता शर्माको दावी

प्रतिनिधिसभाको बैठकभन्दा अघि नै सभामुखको टुँगो लाग्ने नेता शर्माको दावी

काठमाडौं, २१ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य दिनानाथ शर्माले यही पुष २७ गतेभन्दा अघि नै सभामुखको नाम टुंगो लाग्ने दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सभामुखमा आफ्नो पार्टीको दाबी रहेको बताउदै अब बस्ने प्रतिनिधिसभाको बैठकभन्दा अघि नै सभामुख कसलाई बनाउने भन्नेबारे टुँगो लगाउने बताएका हुन् । उनले भने,‘अहिलेपनि उपसभामुख हाम्रै पार्टीको सांसद हुनुहुन्छ, हामीले सभामुखमा दाबी गरेपछि अब उहाँले राजीनामा दिनुहुन्छ ।

संविधानले पनि सभामुख र उपसभामुख भीन्न दल र भीन्न लिङ्गको हुनुपर्छ भनेको छ । त्यसैले सभामुख हामीले लिएपछि उपसभामुखले राजीनामा दिनुहुन्छ ।’क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कामा बोल्दै उनले पार्टीबाट सभामुख कसलाई बनाउने भन्नेबारे कुनै विवाद नभएको जिकिर गरे ।

उनले भने,‘हामी पुष २७ गतेभित्रै यो सबै कुराको टुँगो लगाउँछौं । जो भएपनि नेकपाकै हुनुहुन्छ ।’ उपसभामुख प्रतिपक्षी दललाई दिनेपनि उनले जनाए । उनले भने,‘अहिले यसबारेमा छलफल हुँदैछ । हामी सहमतिअनुसारनै अघि बढ्छौं ।’उनले नेकपामा अब पूर्व एमाले वा पूर्व माओवादी केन्द्र कोहीपनि नभएको जिकिर गरे । उनले भने,‘पूर्व एमाले वा पूर्व माओवादी केन्द्र भन्ने कुरा मेरो दिमागमा छैन् ।

मैले त पूर्व भन्ने कुरा डिलिट नै गरिसकें । यदि कोही नेताहरुसँग यो कुरा छ भने तपाईहरुले पनि डिलिट गर्नुहोस् ।’ उनले पार्टी्भित्र सभामुख कसलाई बनाउने भन्नेबारे व्यक्तिकेन्द्रित छलफल नभएको स्पष्ट पारे ।

शर्माले भने,‘नेकपाबाट सभामुख कसलाई बनाउने भन्नेबारे हाम्रा अध्यक्षद्धयबीच छलफल भैरहेको छ । उहाँहरुले दुई तीन मिनेटमै टुँगो लगाउने भन्नुभएको छ । उहाँहरुले जे निर्णय गर्नुहुन्छ, त्यही हुन्छ । यसमा कुनै समस्या छैन् ।’

उनले अहिले प्रतिपक्षमा नेपाली कांग्रेसमात्रै नभएको जिकिर गरे । उनले भने,‘हामी सबैसँग छलफल गरिरहेका छौं । एउटा निश्कर्षमा पुग्छौं ।’ तर सभामुख चयन प्रक्रियामा समय लाग्नु गलत भएको उनको दुःखेसो छ । सभामुख चयनमा राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै चासो नराखेको पनि उनले स्पष्ट पारे ।

उनले नेताहरुले राष्ट्रपतिलाई भेट्नुलाई आफूले नौलो रुपमा नलिएको पनि जिकिर गरे । उनले भने,‘सरकारले पनि राष्ट्रपतिलाई ब्रिफ गर्छ । आवश्यक परे उहाँले पनि सरसल्लाह गर्नुहुन्छ । सभामुख चयनमा उहाँले कुनै चासो राख्नुभएको छैन् । यो संसदको चासोको विषय हो । अब सभामुख चयन प्रक्रिया लम्बिँदैन् ।

यसमा राष्ट्रपतिको कन्र्सन छैन् ।’शर्माले प्रदेश नम्बर २ को सरकार गिराउने वा ढाल्ने पक्षमा आफूहरु नरहेको पनि जिकिर गरे । उनले भने,‘हाम्रो पार्टीले त्यस्तो केही सोचेको छैन् ।’ एमसीसी पारित हुने उनले विश्वास दिलाए । उनले भने,‘हामी छलफल गरेर यसलाई सहमतिमै पारित गर्छौं । तर, एमसीसीमा रहेका राष्ट्रिय अहितका विषय सच्याउँछौं ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend