काठमाडौं २०, पुस । वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको एफ इ आई एम एस प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा व्यवसायीहरुको उत्साहजनक सहभागीता रहेको छ । आज पहिलो दिन बिहान र दिउ“सो दुई सिफटमा ६०० जना भन्दा बढीको सहभागीता रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

व्यवसायीलाई अनलाईन सिष्टम प्रयोग सम्बन्धी जानकारी गराई काम गर्न सजिलोहोस भन्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको सचिब भुर्तेलको बताए ।

वैदेशिक रोजगार विभागले लागु गरेको अनलाइन सिष्टम प्रयोग बारे केही कुरा व्यवहारिक नभएको बताउँदै उनले व्यवसायीहरु संग सुझाव लिएर कठिनाई बारे बिभाग संग छलफल गर्ने बताए ।

आज र भोली हुने अभिमुखीकरण कार्यक्रममा १७ सय भन्दा बढी सहभागीता हुने संघको अनुमान छ । संघले अभिमुखीकरण तालिममा १ जना संचालक र १ जना कर्मचारी गरी २ जना प्रतिनिधि सहभागी हुन अनुरोध गरेको छ ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली अन्तर्गत अनलाइन मार्फत रोजगारीका लागि आवेदन दिने र कामदार छनौट गर्ने प्रकृया यही जनवरी १ तारिकबाट सुरु गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend