सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अनेरास्ववियूको केन्द्रीय कमिटीमा अर्घाखाँचीले पायो श्रेष्ठ सहित चार जना

अनेरास्ववियूको केन्द्रीय कमिटीमा अर्घाखाँचीले पायो श्रेष्ठ सहित चार जना

काठमाडौ १९, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विद्यार्थी संगठनको एकता टुङ्गो लगाएको छ । पूर्व एमालेको अनेरास्ववियु र पूर्व माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि गठित कार्यदलले ३३५ केन्द्रीय कमिटीकोे टुङ्गो लगाएको हो ।

यस्तै राजनीतिमा उर्वर भुमी मानिएको अर्घाखाँचीबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको  केन्द्रीय कमिटीमा  गोविन्द श्रेष्ठ, प्रदीप नेपाली, भरत न्यौपाने, राजेन्द्र प्रसाद आचार्य चएन भएका छन् । तत्कालिन माओवादीबाट राजेन्द्र प्रसाद आचार्य बाहेक ३ जना एमाले निकट विद्याथी संगठनका पर्छन ।

तत्कालीन नेकपा एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटी हालसम्म टुंगो लाग्न सकेको थिएन । ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक तोकिएका थिए ।

बैठकले तत्कालीन एमाले समर्थित विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट १५५ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति विस्तार गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend