मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

उज्याँलोका अभियान्ता कुलमान घिसिङ सम्मानित

उज्याँलोका अभियान्ता कुलमान घिसिङ सम्मानित

चितवन १९, पुस । नेपालको उज्याँलोका अभियान्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् ।लोडसेडिङलाई अन्त्य गरी पर्यटन लगायत सबै क्षेत्रलाई नयाँ जीवन दिएको भन्दै क्षेत्रीय होटल संघ, चितवनले शुक्रबार कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरेको हो ।

संघले चितवनको सौराहामा आयोजना गरेको १६औं हात्ती महोत्सव समापन समारोहमा प्रदेश नं ३का प्रदेश प्रमुख विष्णु प्रसाईंले सम्मानपत्रसहित दोसल्ला ओढाएर घिसिङलाई सम्मान गरे । कार्यकारी निर्देशक घिसिङले नेपालमा दैनिक १८ घण्टा भन्दा बढी लोडसेडिङ हुदै आएकोमा लोडसेडिङलाई सुन्यमा झारेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend