बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पत्रकार सोनित राज ढुङगेल युवा शैक्षिक पत्रकारीता अवार्डबाट सम्मानित

पत्रकार सोनित राज ढुङगेल युवा शैक्षिक पत्रकारीता अवार्डबाट सम्मानित

काठमाडौं १८, पुस ।  पत्रकार सोनित राज ढुङगेल ‘उत्कृष्ट युवा शैक्षिक पत्रकारिता अवार्ड’ द्वारा सम्मानित भएका छन । शैक्षिक पत्रकारिता गर्दै आएका ढुङगेललाई एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।

थाइल्यान्डको पटयामा वल्र्ड वाइड मिडिया नेटवर्कद्वारा आयोजित ग्लोबल इन्टरनेशनल अवार्ड–२०१९ अन्तर्गत शैक्षिक क्षेत्रमा योगदान पुर्याए वापत उक्त अवार्ड दिइएको जनाइएको छ ।

पत्रकार सोनित राज ढुङगेल मेगा टेलिभिजनमा शैक्षिक बहस नामक कार्यक्रम संचालन गर्दै आएका छन । गत श्रावणमा उनले ‘बेस्ट इभेन्ट डाइरेक्टर अवार्ड’ पाएका थिए । स्टार अफ किङ कतारले आयोजना गरेको ‘स्टार इन्टरनेशनल अवार्ड–२०१९’ बाट ढुंगेलले ‘ वेष्ट इभेन्ट डाइरेक्टर अवार्ड’ हात पारेका थिए ।

अवार्ड हात पारेपछी ढुंगेलले निरन्तरको मेहनत तथा शुभचिन्तकको आशीर्वाद तथा सहयोगले आफुले अवार्ड हात पार्न सफल भएको बताएका छन । उनले म एकदमै उत्साहित छु । मेरो लागि गरिएको यो मुल्यांकन आफ्ना लागि आउने दिनमा अझै काम गर्ने प्रेरणाको रुपमा लिइएको छु ।

सोनित राज ढुंगेल भवानी इन्टरटेडमेन्ट प्रा.ली. का अध्यक्ष पनि हुन् । ढुंगेलले ‘मिस एसईई स्टार’, ‘मिस एभरेष्ट’ व्युटी प्याजेन्टको आयोजना गर्दै आएका छन् भने भवानी इन्टरटेडमेन्टसंगको सहकार्यमा ‘मिस्टर एण्ड मिस ग्लेसियर–३’, ‘मिस्टर एण्ड मिस प्राक्सिस’ लगायत विभिन्न स्कुल, कलेजसंगको सहकार्यमा विभिन्न व्युटी प्याजेन्टको इभेन्ट डाइरेक्टर रहेर काम गर्दै आएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend