काठमाडौं १८, पुस । अर्थमन्त्री डा युवराज खतिवडाको जागिर जाने लगभग पक्का पक्की भएको छ । नेकपाले राष्ट्रियसभाका कार्यकाल सकिएका कुनै पनि सांसदलाई पुनः नदोहोर्याउने निर्णय गरेको छ । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले विद्यमान सांसदहरु कोही कसैलाई पनि उम्मेदवार बनाएको छैन । कार्यकाल सकिएका सांसदको अवधि नथप्ने निर्णय सँगै अर्थमन्त्री डा खतिवडा समेत बाहिरिने अवस्था देखिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend