सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रभु बैंकको जिल्ला प्रशासन कार्यालय इनरुवामा एक्स्टेन्सन काउन्टर

प्रभु बैंकको जिल्ला प्रशासन कार्यालय इनरुवामा एक्स्टेन्सन काउन्टर

काठमाडौं १७, पुस । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सुनसरीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउन्टरको बुधबार सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले एक समारोहकाबीच उद्घाट्न गरेका हुन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको भन्दै प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको विश्वास बैंकले लिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend