सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भ्रमण वर्ष २०२० को अवसरमा एक रुपियाँमा खाने, बस्ने सुविधा !

भ्रमण वर्ष २०२० को अवसरमा एक रुपियाँमा खाने, बस्ने सुविधा !

इलाम १७ पुस । भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका पाँच जना पर्यटकलाई एक रुपियाँमा खाने बस्ने सुविधा दिइएको छ । पहिलोपटक होटल बुक गर्न आएका पाँच पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी एकरएक रुपियाँमा खाने बस्ने व्यवस्था गरिएको हो । इलाम बजारमा रहेका चियाबारी कटेज, हाम्रो पोखरेली होटल, ग्रिन भ्यु होटल, समिट होटल र ग्रिन सिटी गेस्ट हाउसले पर्यटकलाई उक्त सुविधा दिएका हुन् ।

पर्यटकलाई थप आर्क्षित गर्न होटल एसोसिएसन इलाम, पर्यटन प्रर्वद्धन सरोकार समिति, इलाम नगरपालिकाले नगर पर्यटन समितिको पहलमा इलामका होेटलमा उक्त सुविधा दिइएको होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बताउनुभयो ।

इलाम आइपुग्नुभएका जापानी पर्यटक युकिड मितामुरा र चार जना नेपाली पर्यटकलाई स्वागत गरी इलामको पर्यटन सद्भावना दूतका रुपमा प्रमाणपत्रसमेत प्रदान गरिएको छ । लक्की पर्यटक घोषित भएपछि जापानी पर्यटक मितामुराले इलामले दर्शाएको आतिथ्यता आफ्नो देशमा बाँड्ने बताउनुभयो ।

इलाम आउने पर्यटकलाई लक्षित गरी इलामबाट काठमाडौँसम्म र काठमाडाँैबाट इलामसम्म आउने एक जना पर्यटकलाई शुभेच्छा ट्राभल्सले निःशुल्क टिकटको व्यस्था गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend