सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं १७, पुस । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । केन्द्रीय बैंकले भट्टलाई पुस १६ गतेदेखि लागू हुनेगरी प्रवक्तामा नियुक्त गरेको हो । उनी राष्ट्र बैंकको विशिष्ट श्रेणी (कार्यकारी निर्देशक) पदमा कार्यरत छन् । उनले अर्थसास्त्रमा विद्यावारीधि गरेका छन् ।

यस अघिका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाको कार्यकाल सकिएसँगै भट्टलाई केन्द्रीय बैंकले नयाँ प्रवक्ता तोकेको हो । निरौला यही पुस ७ गतेदेखि विदा बसेका छन् । ३० वर्षे सेवा अवधि हुनै लाग्दा उनी बिदामा बसेका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend