सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

डा. सुमन्त बन्जाडे ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी सेवा पुरस्कार २०८२’ बाट सम्मानित

डा. सुमन्त बन्जाडे ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी सेवा पुरस्कार २०८२’ बाट सम्मानित

काठमाडौं । मुटुरोगी सेवामा उल्लेखनीय योगदान पुर्‍याएको आधारमा डा. सुमन्त बन्जाडेलाई “मृगेन्द्र सम्झना चिकित्सा गुठी सेवा पुरस्कार २०८२” प्रदान गर्दै नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय, काठमाडौंले स्थापना गरेको उक्त पुरस्कार डा. बन्जाडेको निरन्तर सामाजिक तथा चिकित्सकीय सेवाको कदर स्वरूप प्रदान गरिएको हो। पछिल्लो ६ महिनाको अवधिमा उहाँले देशका विभिन्न भूभागमा पुगेर करिब ६० हजार बालबालिकाको मुटु परीक्षण गर्नुभएको थियो। दुर्गम तथा सेवा पहुँच बाहिर रहेका क्षेत्रमा पुगेर निःशुल्क मुटु जाँच गर्दै आउनु भएको कार्यलाई विशेष योगदानका रूपमा मूल्याङ्कन गरिएको आयोजक संस्थाले जनाएको छ।

पुरस्कार प्रदान कार्यक्रममा वक्ताहरूले बालबालिकाको मुटु स्वास्थ्यप्रति सचेतना फैलाउँदै प्रारम्भिक परीक्षणमार्फत ज्यान जोगाउने कार्यमा डा. बन्जाडेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए।

डा. सुमन्त बन्जाडे अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–६, खिल्जीमा जन्मिनु भएको हो। हाल उहाँ मुटुरोग निवारण तथा बाल मुटु स्वास्थ्य क्षेत्रमा सक्रिय रूपमा कार्यरत रहँदै आउनु भएको छ। सम्मानले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहका लागि प्रेरणा मिलेको उहाँले प्रतिक्रिया दिनुभएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend