कठमाडौं । नेपाल अटो मोबाइल रिकण्डिसन व्यवसायी संघको अध्यक्षमा श्याममणि आचार्य फेरि निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा भएको संघको २१औँ साधारणसभा तथा १०औँ अधिवेशनबाट आचार्यको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा सुरज प्रजापती, महासचिवमा कृष्ण चौलागाईं, सचिवमा विजय थापा, कोषाध्यक्षमा रामगोपाल फुँयाल र सह कोषाध्यक्षमा महेश जोशी रहनुभएको छ । सदस्यमा रामहरि गौतम, शिवराम श्रेष्ठ, आदर्श क्षेत्री, रेजिन कोजू, कृष्णहरि गौतम, प्रदिप ढकाल, सन्तोष घिमिरे, विपिन चौलागाईं र उज्ज्वल बानियाँ रहनुभएको संघले जनाएको छ ।
कार्यक्रम उद्घाटन यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख राजन पोखरेलले गर्नुभएको थियो भने बुढानीलकण्ठ नगरपालिका(१० का वडाध्यक्ष नवराज भट्टराईले व्यवसायीका समस्या समाधानमा स्थानीय सरकार सकारात्मक रहेको बताउनुभएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend