२४ पुष, काठमाडौं । एनएमबि बैङ्क लिमिटेडले आफ्ना शेयरधनीहरूलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बिहीबार काठमाडौँको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न बैङ्कको ३०औँ वार्षिक साधारण सभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
बैङ्कका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा सञ्चालक समिति, शेयरधनी तथा बैङ्कका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा सहभागी शेयरधनीहरूले बैङ्कको समग्र अवस्था र भावी कार्य योजनाका विषयमा छलफल गरेका थिए।
हाल एनएमबि बैङ्कले देशभर २०२ शाखा कार्यालय, १८४ एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत अत्याधुनिक बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend