१८ पुष,काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा एकै दिन काठमाडौंका विभिन्न स्थानमा रहेका १७ वटा फर्ममा निरीक्षण गरेको छ।
विभागका अनुसार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पाइएपछि एउटा फर्मलाई नगद जरिवाना गरिएको छ। उग्रचण्डी खाद्यान्न स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो। उपभोक्ता संरक्षण ऐनको दफा १५ र ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को उपदफा १ क अनुसार कारबाही गरिएको विभागले जनाएको छ।
यसैगरी, निकन्टिनेन्टल प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। अनुगमनका क्रममा अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जानकारी दिएको छ।
विभागले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागितामा नियमित बजार अनुगमन गर्दै उपभोक्ताको हकहित संरक्षण र बजारमा स्वच्छता कायम गर्न पहल गरिरहेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend