काठमाडौं । नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) को राष्ट्रिय परिषद् भेला काठमाडौंमा आयोजना गरिएको छ। बुधबार (१६ माघ ) पानका अध्यक्ष वसन्त कुमार श्रेष्ठको सभापतित्व तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा राष्ट्रिय परिषद् भेलाको समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा रहेको विद्यमान चुनौतीको सामना गर्न स्वास्थ्य प्राविधिकहरुको महत्त्वपूर्ण भूमिका रहेको बताएक छन् । मन्त्री थापाले नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने संविधान प्रदत्त मौलिक हकको सुनिश्चितता गर्नु राज्यको दायित्व रहेको रहेको र स्वास्थ्य सेवामा प्रदेश ऐन र स्थानीय ऐनले स्वास्थ्यकर्मी माथी भएको विभेद हटाउन सरोकारवालाहरुको सहयोगको अपेक्षा समेत गरेका थिए ।

कार्यक्रममा पानका केन्द्रीय अध्यक्ष बसन्त कुमार श्रेष्ठले सधैं बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीहरुको समस्या समाधान गर्न राज्य संवेदनशील हुनुपर्ने आग्रह गरे । उनले स्वास्थ्य प्राविधिकहरुका समस्याबारेमा समेत बताएका थिए ।
कार्यक्रममा गत मार्ग २८गते सम्पन्न निर्वाचन बाट निर्वाचित भएका नेपाल नर्सिङ संघका अध्यक्ष लगायत पदाधिकारी हरुलाई बधाई तथा शुभकामना कार्यक्रम समेत राखिएको थियोे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमणा सिंह , राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा. झलक शर्मा गैतम, नेपाल नर्सिङ संघका अध्यक्ष प्रा चन्द्रकला शर्मा , नेपाल फार्मास्युटिकल्स एशोसियशनका अध्यक्ष ललितमोहन पन्त , नेपाल रेडियोलजिकल सोसाईटीका अध्यक्ष मुकेश कुमार झा, नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष रेवन्त गौतम, पानका सल्लाहकार भवानी दाहाल , बिधानचन्द्र श्रेष्ठ , जनस्वास्थ्य संघका अध्यक्ष कृष्णमान श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
माघ १६ र १७ गते चल्ने भेलाको पानका महासचिव श्याम ओलीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य संघका बरिष्ठ उपाध्यक्ष शोभा गौतमले गरेकी थिईन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend