बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

ग्यास बिक्रेता महासंघको छैठौं महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुँदै

ग्यास बिक्रेता महासंघको छैठौं महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुँदै

१२ माघ, काठमाडौं । देशभर रहेका करिब १५ हजार ग्यास विक्रेताहरूको साझा छाता संगठन ग्यास विक्रेता महासंघ  नेपालको ११औँ वार्षिक साधारण सभा तथा छैठौं महाधिवेशन शनिबार काठमाडौंमा शुरु भएको छ। महाधिवेशनले नयाँ कार्यसमितिको चयन गर्नेछ।

अधिवेशनको समुद्घाटन महासंघका अध्यक्ष चन्द्रबहादुर थापाको सभापतित्व र वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्की , नेपाल आयल निगममा कार्यकारी निर्देशक चण्डिका भट्ट लगायतको आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्कीले ग्यास बिक्रेताहरुले इन्स्योरेन्स र सुरक्षा सतर्कता अपनाउनुपर्ने सुझाव दिए। उनले ग्यास उद्योग र बिक्रेता एकअर्काका परिपुरक भएकाले उपभोक्तालाई सहज र सुलभ सेवा दिने कुरामा सहकार्य गर्नु आवश्यक रहेको बताए।

महासंघका महासचिव लाल बहादुर केसीले संचालन गरेका समुद्घाटन कार्यक्रममा महासंघमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको थियो।

महासंघ स्थापनादेखि हालसम्म आम उपभोक्ताका साथै ग्यास विक्रेताहरूको हितमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै हाल देशका करिब ५० वटा जिल्ला र सातवटा प्रदेशमा कार्यक्रमहरू गरेपनि करिब ४० जिल्ला संघहरू , १५० नगरहरुका साथै पाँचवटा प्रदेशमा महासंघ मातहतका संघहरू क्रियाशील रहेका छन् । महासंघले आगामी वर्षहरूमा देशका सबै प्रदेश, जिल्ला र नगरहरूमा आफ्नो सञ्जाल विस्तार गरी उपभोक्ता र व्यवसायीका पक्षमा काम गर्ने योजनाका साथ अघि बढेको जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend