काठमाडौं । गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले बिहीवार ( १० माघ ) गजेन्द्र नारायण सिंहको २४औं पुण्यतिथिको अवसरमा काठमाडौं लगायत मधेशको विभिन्न जिल्लाहरुमा “गजेन्द्र बाबुको चिन्तन र मधेशको भावी कार्यदिशा” विषयक विचार विमर्श कार्यक्रम आयोजना गरेको छ।
काठमाडौंको कृष्णभोग पार्टी प्यालेश, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जसपा नेपालका अध्यक्ष मा. उपेन्द्र यादव, जसपाका सहअध्यक्ष रेणु यादव, जसपाका नेता तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री मा. नवल किशोर साह, जनमत पार्टीका अध्यक्ष डा. सि के राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष श्री हृदयेश त्रिपाठी, तमलोपाका अध्यक्ष वृषेश चन्द्र लाल, संघीय सामाजवादी पार्टीका महासचिव अनन्त राई,नागरिक पहिलोका नेता प्रशान्त सिंह,प्राध्यापक डा. विनय मिश्र, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, अभियानी रिता साह, हिमालिनीका प्रधान सम्पादक सचितानन्द मिश्र, मधेशवाणीका सम्पादक राम सुकुल मण्डल, अभियानी कंचना झा, मा. राजकिशोर यादव, मा. मनिष सुमन, डा. शिवजी यादव, श्री रामकुमार शर्मा, डा. शरद सिंह यादव, शैल कुमारी देवि, कमला कुमारी गुरुङ, सन्तोष मेहता, बुद्ध छिरिङ मोक्तान , सुमन सायमी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहयो।
कार्यक्रममा बोल्ने सम्पुर्ण नेताहरुले गजेन्द्र नारायणले विकट परिस्थितिमा गरेको अधिकार र पहिचानको आन्दोलनको प्रशंसा गरे। साथै सबै मधेशवादी पार्टीहरुले पुन: सहकार्य गर्नुपर्ने र आदिवासी जनजाति लगायत उत्पीडित अन्य जाति र समुदायसंग समेत सहकार्य गर्नुपर्ने बताए।
कार्यक्रमको संचालन केशव झाले गरेका थिए भने अध्यक्षता केन्द्रका अध्यक्ष अनिलकुमार महासेठले गरेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend