सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा सुन्दर पन्थी नियुक्त

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा सुन्दर पन्थी नियुक्त

९ माघ, काठमाडौं । प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा राष्ट्रिय जीवन बीमा कम्पनीले सुन्दर पन्थीलाई नियुक्त गरेको छ। पन्थीलाई कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले नयाँ सीईओका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

सीईओ नियुक्तिका लागि ८ जना प्रतिस्पर्धीले आवेदन दिएका थिए। आवेदकहरूमध्ये सुन्दर पन्थी, प्रकाशमान बज्राचार्य, रामकृष्ण पन्थी, महेश रिमाल, रामदेव यादव, राजुनाथ खनाल, लक्ष्मण पराजुली लगायतको नाम सामेल थियो।

सर्टलिस्ट प्रक्रिया मार्फत महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव, र सुन्दर पन्थी अन्तिम चारमा छनोट भए। अन्ततः अनुभवी तथा योग्यताका आधारमा पन्थीलाई प्रमुख कार्यकारी अधिकृतका रूपमा चयन गरियो।

नयाँ सीईओका रूपमा सुन्दर पन्थीको नेतृत्वमा कम्पनीले आफ्नो सेवा र सञ्चालनलाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ्ने विश्वास गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend