बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

संघीय शिक्षा ऐनको माग गर्दै युवाहरुले गरे काठमाडौंमा सार्वजनिक खबरदारी

संघीय शिक्षा ऐनको माग गर्दै युवाहरुले गरे काठमाडौंमा सार्वजनिक खबरदारी

७ माघ , काठमाडौं । नीतिगत रुपमा युवाहरुको मुद्दामा वकालत  गर्दै आएको संस्था युथ एड्भोकेसी नेपालको अगुवाईमा सोमबार संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै युवाहरुले माईतीघर मण्डलामा सार्वजनिक खबरदारी गरेका छन् । ‘शिक्षामा २० प्रतिशत लगानी गर्, शिक्षा मानव अधिकार हो, युवा लक्षित व्यवसायिक तथा प्राविधिक शिक्षा लागु गर्, सार्वजनिक शिक्षा बलियो बनाऊ, शिक्षाको उपलब्धी दक्ष र सक्षम जनशक्ति , शिक्षालाई उत्पादनशिल र शृजनशिल बनाऔँ, परिवर्तनको भए इच्छा सुध्रिन्छ समावेशी शिक्षा’  जस्ता नारा भएका प्ले कार्ड सहित काठमाडौंमा  प्रदर्शन गरिएको थियो ।

युथ एड्भोकेसी नेपालले केओस फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरेकोे कार्यक्रममा शिक्षामा क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरुले शिक्षा ऐन जारी हुनु पर्नेमा जोड दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै, “नेपालमा संचालित शैक्षिक नीति तथा कार्यक्रममले सिमान्तकृत तथा अल्पसंख्यक समुदायका बालवालिकाहरुलाई समेट्न नसकेको” शिक्षा अधिकारकर्मी जनक कार्कीले बताए । त्यस्तैगरी, शिक्षामा भएको नीजिकरणलाई अन्त्य गर्दै समावेसी र गुणस्तरिय शिक्षामा राज्यले प्रयाप्त लगानी गर्नु पर्ने युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन खतिवडाले बताए ।


त्यस्तै , प्राविधिक तथा व्यवसायिक शिक्षामा राज्यले युवाहरुलाई जोड्नु पर्ने मानवअधिकार राष्ट्रिय महाभेलाका सल्लाहकार योगेन्द्र विजय दाहालले बताए । शिक्षालाई बालबालिकामैत्री बनाउर्दै शिक्षामा कम्तिमा २० प्रतिशत लगानी गर्नु पर्ने अधिकारकर्मी आयुसा ढकालले बताईन ।

प्रदर्शनीलाई सम्बोधन गर्दै युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले सार्वजनिक शिक्षाका सुदृढीकरणका लागि युवाहरुले राज्यलाई निरन्तर खवरदारी गर्नु पर्नेमा जोड दिए । उक्त सार्वजानिक खवरदारी कार्यक्रमको संचालन गरेका युथ एड्भोकेसी नेपालका महासचिव बिनय कार्कीले सरकारले विभिन्न समय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता गर्ने तर संघीय शिक्षा ऐन जारी गर्न नसक्ने विडम्बनाको जिकिर गर्दै सरकारलाई निशुल्क तथा अनिवार्य शिक्षाको नीति कार्यन्वयन गर्न आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend