सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देशलाई संकटबाट जोगाउन संघीय हिन्दू गणतंत्र आवश्यक : विनय यादव

देशलाई संकटबाट जोगाउन संघीय हिन्दू गणतंत्र आवश्यक : विनय यादव

५ माघ, पर्सा ।  राष्ट्रिय एकता अभियानले पर्सा जिल्लाको  भवानी गाउँपालिकामा संघीय हिन्दू गणतंत्र स्थापना गर्नका लागि विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम जिल्लाका समाजसेवी विकास  प्रसाद भण्डारी (थारू)को अध्यक्षता र  अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा अध्यक्ष यादवले संघीय हिन्दू गणतंत्रको आवश्यकता र यसको महत्वबारे चर्चा गर्दै सामाजिक एकता र धर्मनिरपेक्षताबाट पर्न आएको चुनौती र विकृतिबारे आफ्ना विचार व्यक्त गरे। हाल देशमा आर्थिक र राजनीतिक संकट रहेको र अब विश्वभरीमा बसेका दुई सय करोड़ हिन्दूहरुको आस्थाको देशको रूपमा संविधानमा संघीय हिन्दू गणतंत्र घोषणा गरि धार्मिक पर्यटन ल्याउन सके मात्र आर्थिक संकट बाट देश बच्न सक्ने उनले बताए । अहिले धर्मनिरपेक्षताको आडमा जिहादीहरु सोझा साझा नेपाली मुस्लिमहरुलाई प्रशिक्षण दिई समप्रदयिक हिंसा गराई रहेकोले यस्ता जिहादीहरुको पहिचान राज्यले गर्नु पर्ने मांग समेत यादवले राखेका थिए

यस कार्यक्रममा राजेश यादव, देव यादव, नरेश राउत थारू, जयनारायण दास थारू, शिव शंकर दास थारू लगायतले पनि आ-आफ्नो मन्तव्य राखेका थिए। वक्ताहरूले धार्मिक, सांस्कृतिक र सामाजिक समरसता कायम राख्दै राष्ट्रको विकासमा योगदान दिन राष्ट्रिय एकता अभियानको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रमले उपस्थित स्थानीयवासीलाई संघीय हिन्दु गणतंत्रको महत्वबारे जानकारी दिनुका साथै अभियानलाई थप सशक्त बनाउने रणनीतिहरूमा छलफल गरेको थियो।

कार्यक्रमको समापनमा अध्यक्ष विकास प्रसाद भण्डारीले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै अभियानका लक्ष्य पूरा गर्न निरन्तर प्रयास गरिने प्रतिवद्धता व्यक्त गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend