काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय चेन होटलको रुपमा प्रख्यात होटल मक्र्योर नेपालको बुधबार (२ माघ) काठमाडौंमा विधिवत् समुद्घाटन गरेका छन् । नेपालका लागि द मेट्रोपोलटन होटल प्राइभेट लिमिटेडले चेन होटलका लागि मक्र्योर नेपाल भित्र्याएको हो ।

तीन अर्ब लगानीमा कम्पनीले काठमाडौंको सुकेधारको हाइटमा होटल सञ्चालनमा ल्याएको छ । सन् १९७३ मा स्थापना भएको मक्र्येरले ६० भन्दा बढी देशमा एक हजार चेनहोलहरुमा उत्कृष्ट व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेको छ भने मक्र्योर र एकोरको साझेदारीमा विश्वका ११० भन्दा बढी देशहरूमा ५ हजार ७०० भन्दाबढी होटलहरु सञ्चालन तथा व्यवस्थापनको काम गरिरहेको छ ।
यस्तो विश्व प्रसिद्ध होटल चेनलाई नेपालमा भित्र्याउन पाएकोमा निकै खुशी लागेको द मेट्रोपोलटन होटल प्राइभेट लिमिटेडका अध्यक्ष देश बन्धु बस्नेत ‘अजित’ बताए । काठमाडौंको सुकेधारा हाइट्समा सोचविचार गरेर डिजाइन गरिएको मक्र्योर होटलका हरेक कोठामा काठमाडौंको अनुपम भाव समेटिएको कम्पनीको भनाइ छ । पाहुँनाहरुले होटलमा अत्याधुनिक सुविधा, प्राकृतिक प्रकाश र फराकिलो दृश्यावली सहित शहर वरपरका डाँडाकाँडा र शानदार हिमालहरुका मनोरम दृश्यहरु देखिने सबै कोठाहरु रुम कन्फिगरेसनको दायराबाट छनौट गरिएको पनि कम्पनीले बताएको छ।
त्यस्तै ,परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरूले यस ठाउँको समृद्ध सम्पदा झल्काउने आत्मीय वातावरण सिर्जना गर्ने कम्पनीले बताएको छ। होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरूको अनुभव पनि हो। दिनभरि चल्ने भोजन रेस्ट्रेन्ट डाइनले अन्तर्राष्ट्रिय क्लासिक्सदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्ने कम्पनीले जनाएको छ।
त्यस्तै , सोप्रा इटालियनले अथेन्टिक इटालियन खानाले होटलको विशेषता बढाएको छ भने जाइकाले परम्परागत भारतीय खाना र यसका मसलाहरूको बास्ना प्रदान गर्ने कम्पनीको भनाइ छ।आरामदायी वातावरण खोज्नेहरूका लागि शुक्र बारले भित्री र बाहिरी दुवै सिटहरु भएको रुफटप लाउन्ज सेटिंग प्रदान गर्ने होटलले जनाएको छ । जुन रोमान्चक दृश्यहरुको आनन्द लिनको लागि उत्तम हुनेछ। पाहुनाहरूले होटलको रुफटप इन्फिनिटी पूलमा काठमाडौँ उपत्यकाका दृश्यहरु हेर्दै आराम गर्न सक्ने छन् भने स्टीम र साउना सुविधा सहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न सक्ने होटलले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend