फाइल तस्बिर ।
३ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने हुनु भएको छ । प्रधानमन्त्री ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन पोखरा जान लाग्नु भएको हो । प्रतिष्ठानको दीक्षान्त समारोह आज दिउँसो हुँदैछ।
दीक्षान्त समारोहमा मेडिकल विज्ञान सङ्काय पोस्टग्रयाजुएट (चिकित्सा डाक्टर–शल्यचिकित्सा स्नातकोत्तर, एमडी–एमएस) का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुँदैछन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend