सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विकासको ‘मन’ सार्वजनिक

विकासको ‘मन’ सार्वजनिक

३ माघ, काठमाडौँ । गायक विकास मानन्धरको गीत ‘मन’ सार्वजनिक भएको छ । शब्द तथा सङ्गीत पनि विकासकै रहेको छ ।  गीतको भिडियोमा गायक विकाससँगै सुवास सुनुवार, महेश मानन्धर र मनिष महर्जनको अभिनय छ । भिडियो सरोजकुमार चौहानले निर्देशन गरेका हुन् ।

भिडियोमा छायाङ्कन र सम्पादन राकेश दाहालको छ । विकासले गीतमा मानव हृदयको चञ्चल र परिवर्तनशील स्वभावलाई आत्मीय रूपमा चित्रण गरेको छ ।

नेपालको मकवानपुरस्थित हेटौडा घर भएका विकास हाल अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका छन् । उनको यो गीत युट्युब र स्पोटिफाई, एप्पल म्युजिक, अमेजन, युट्युब म्युजिकजस्ता सङ्गीत प्लेटफर्महरूमा उपलब्ध छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend