बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने

३ माघ, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन्।

प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालका अनुसार प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिनरमास्टर अफ सर्जरी’ ९एमडीरएमएस० प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने छन ।

साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको थियो।

चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी रूपमा अघि बढाउन प्रयत्नशील प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न लागेको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend