काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको साधारणसभा पुष २८ गते आईतवार अध्यक्ष यादव अधिकारीको सभापतित्वमा थापागाउँ व्याङकेटमा सम्पन्न भएको हो । सभाले कम्पनीको वार्षिक प्रतिवेदन र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।

साधारणसभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट तीनजना यादव अधिकारी, रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट एक जना सतिश गौतम, गरि ४ (चार) जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै , यस वित्तीय संस्थाको रजिष्टर्ड कार्यालयलाई काठमाडौँ महानगरपालिका वडा नं. १० बाट ठाउँसारी गरी काठमाडौँ महानगरपालिका वडा नं ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रबन्ध पत्रको दफा २ (१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पनि सभाबाट पारित भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend