मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

२९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश कर सहित स्वीकृत गरेको छ ।

त्यसैगरी आ।व २०८०र८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । योसँगै लेखा परीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको कोषले जनाएको छ ।

 

कार्यक्रममा कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे बताउँदै सेयर धनीहरूबाट उठाइएका जिज्ञासा तथा सुझावहरूको बारेमा विस्तृत रूपमा जानकारी गराउनु भयो । कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउँदै कृत्रिम बौद्धिकता ए आई को प्रयोग सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको उहाँले बताउनुभयो।

हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले सेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांश दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीले बताउनु भयो ।

 

साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०र८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend