२७ पुष ,काठमाडौं । राष्ट्रिय एकता दिवस तथा ३०२औं पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रमसहित आज मनाइँदै छ। यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा रास्ट्रपति पौडेलले माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको समेत गरेको थियो ।
विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए । उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend