बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं साधारणसभाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं साधारणसभाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चौबिसौं वार्षिक साधारणसभा सम्पन्न गर्दै ५ प्रतिशत बोनस सेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार (२४ पुष ) मा सम्पन्न बैंकको साधारणसभाले उक्त लाभांश पारित गरेपछि बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आवको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ ।

समीक्षा आव २०८०/८१ मा ३३३ अर्ब निक्षेप र २५८ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार ३९५ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend