बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

लघुवित्त संस्थाले वित्तीय प्रतिवेदनमान अनुरुप वित्तीय विवरण तयार गर्नुपर्ने

लघुवित्त संस्थाले वित्तीय प्रतिवेदनमान अनुरुप वित्तीय विवरण तयार गर्नुपर्ने

२४ पुष , काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन , २०७९  उक्त निर्देशन संशोधन/परिमार्जन/थप गरेको छ । उक्त संशोधन मार्फत लघुवित्त वित्तीय संस्थाहरूलाई कडाइ गर्ने प्रावधान थप गरिएको छ।  राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार उक्त निर्देशिकाका केही व्यवस्थाहरू संशोधन गरिएको हो ।

यस अन्तर्गत अब  लघुवित्त वित्तीय संस्थाहरूले नेपाल वित्तीय प्रतिवेदनमान अनुसार वित्तीय विवरण तयार गर्नुपर्नेछ । नेपाल वित्तीय प्रतिवेदनमानले समावेश नगरेका क्षेत्रहरूमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमानलाई आधारको रूपमा लिनुपर्नेछ ।

त्यस्तै , ५ प्रतिशत भन्दा बढी शेयर भएका शेयरधनी र उनका एकाघरका परिवारले संस्थाको कार्यकारी प्रमुख पदको नियुक्त नपाउने व्यवस्था गरिएको छ । यसअघि यस्तो व्यवस्था थिएन । संस्थाको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी शेयर धारण गर्ने शेयरधनी र निजको एकाघरका परिवारका सदस्य सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखको पदमा बाहेक अन्य कुनै पनि तहको कर्मचारीमा नियुक्ति र पुनर्नियुक्ति हुन योग्य हुने छैन ।

साथै, चुक्ता पुँजीको ५ प्रतिशत वा सोभन्दा बढी हुने गरी शेयर धारण गर्ने शेयरधनी र निजको एकाघर परिवारका सदस्य सो संस्थाको कार्यकारी प्रमुखको पदमा समेत नियुक्ति र पुनर्नियुक्ति हुन योग्य नहुने उक्त संशोधित निर्देशनमा उल्लेख छ । तर, यो निर्देशन जारी हुँदाका बखत कुनै व्यक्ति संस्थाको कार्यकारी प्रमुख पदमा बहाल रहेको भए विद्यमान कार्यकालको बाँकी अवधि पूरा गर्न भने यो निर्देशनले बाधा पुगेको मानिने छैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend