काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गर्दै प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा मंगलबार (२३ पुष ) काठमाडौंमा सम्पन्न कम्पनीको साधारण सभाले ११ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको हो । त्यस्तै , सभाबाट संचालक समिति सदस्यमा युवा उर्जा उद्यमी धिराज कार्की निर्वाचत भएका छन् ।
सभाबाट संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन , लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने र स.चालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले संचालक समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधाहरु तोक्ने, कम्पनीले अन्य नयाँ परियोजनाहरुको पहिचान गरी लगानी गर्न संचालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ ।
यस कम्पनीले माग्दी जिल्ला रघुगंगा गाउँ पालिका वडा नम्वर ८ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले यस आयोजना २०८२ को वैशाख महिनाभित्र सम्पन्न हुने गरी निर्माण कार्य भैरहेको कम्पनीका अध्यक्षले नरेन्द्र बल्लभ पन्तले जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend