सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

 

२३ पुस,काठमाडौँ । चीन केन्द्रबिन्दु भएर बिहान गएको भुकम्प ७ म्याग्निच्युडको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।

 

बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।

 

भुकम्पको धक्का काठमाडौँसहित अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी  घरबाहिर निस्केका थिए ।

 

लामो समयपछि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend