बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नवकान्तिपुर बचत तथा ऋण सहकारीको २७औं साधारणसभा सम्पन्न; ६% नगद लाभांश प्रदान

नवकान्तिपुर बचत तथा ऋण सहकारीको २७औं साधारणसभा सम्पन्न; ६% नगद लाभांश प्रदान

काठमाडौं । बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष कृष्ण प्रसाद सिटौलाको सभापतित्व एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको प्रमुख आतिथ्यमा यही पुष २० गते शनिबार काठमाडौंमा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।

नवकान्तिपुर साकोसको २७औं साधारणसभा कार्यक्रम अन्तर्गत विभिन्न सेवाकेन्द्रको छुट्टाछुट्टै एकाई साधारणसभा सम्पन्न गरे पश्चात् एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणिकरण सभा पुष २० गते सम्पन्न गरेको हो। संस्थाले पुष १० गते एकाई १ अन्तर्गतका भक्तपुर , ललितपुर , काभ्रेपलान्चोक , नागार्जुन , चन्द्रागिरी , किर्तिपुर, दक्षिणकाली नगरपालिका तथा काठमाडौं महानगरपालिकाका विभिन्न वडाका सदस्यहरुको लागि काठमाडौंको बागबजारमा सभा सम्पन्न गरेको हो। त्यस्तै , एकाई २ अन्तर्गतका तारकेश्वर, टोखा,बुढानिलकण्ठ , शंखरापुर , गोकर्णेश्वर , कागेश्वरी मनहरा तथा काठमाडौं महानगरपालिकाका विभिन्न वडाहरुको सदस्यहरुको लागि पुष १३ गते महाराजगन्ज , शंखपार्कमा अन्तर्कृयात्मक सभाहरु सम्पन्न गरेको थियो।

साधारणसभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष सिटौलाद्वारा प्रस्तुत गरिएको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको हो। त्यससँगै , संस्थाको वासलात, लेखासुपरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि सभाबाट पारित भए।

समीक्षा आर्थिक वर्षमा यस संस्थाको शेयर पूँजी रु. ९.३४ करोड रहेको छ। यस वर्ष संस्थाको कुल पूँजी तथा दायित्व रु.२अर्ब ६३.५९ करोड तथा खुद मुनाफा रु. १.७५ करोड रहेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई यस वर्ष शेयर लाभांश कोषबाट ६ प्रतिशत नगद लाभांश प्रदान गरेको छ।

बागमती प्रदेश सहकारी विभाग , हेटौंडामा दर्ता कायम रहेको यस संस्थाले प्रधान कार्यालय तथा शाखा कार्यालयबाट सदस्यहरु र समुदाय विकासका लागि नविनतम कार्यक्रमहरु संचालन गरेको जनाएको छ।

संस्थाको २७औं वार्षिक साधारणसभाको अवसरमा संस्थाका जेष्ठ सदस्य सम्मान , विद्यार्थीहरुलाई नवकान्तिपुर एस. इ. इ. पुरस्कार , उत्कृष्ट तथा दीर्घ सेवा दिने कर्मचारीहरुलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend