२२ पुष ,काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघमा रितेश मित्तलको अध्यक्षतामा नयाँ कार्य समितिको चयन भएको छ । संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा बिहीबार (१८ पुष ) काठमाडौंमा सम्पन्न १९ औं वार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेको हो ।
संघको नयाँ नेतृत्वमा रितेश मित्तल (नेपाल रेमिट ईन्टरनेशनल प्रा. लि.) लाई सर्वसम्मत रुपमा अध्यक्ष पद मा मनोनित गरेको छ भने उपाध्यक्षमा सञ्जय सिग्देल (सूर्य रेमिट प्रा. लि.), महासचिवमा दिवाकर पौडेल ( आइर्.एम.ई लिमिटेड), कोषाध्यक्षमा संजिव कुमार पाठक (ए.टि टि. रेमिट प्रा. लि.) सचिवमा रामेश्वर सापकोटा (प्रभू मनिट्रान्स्फर प्रा. लि.) कार्यसमिति सदस्यहरुमा विमल महत (सिद्धार्थ बैंक लि.) श्याम प्रसाद लामिछाने (ग्लोबल आईएमई बैंक लि.) मधुसुदन न्यौपाने ( प्रभू बैंक लि.) र सुदन सिं सिलवाल (युनाईटेड रेमिट प्रा. लि.) सर्वसम्मत रुपमा चयन भएका छन् ।
१९ औं साधारणसभामा संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष टण्डनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन सबैले सामूहिक प्रयत्न गनुपर्नेमा जोड दिए । उनले आफ्नो कार्यकालमा सहयोग गर्नेप्रति आभार व्यक्त गरेका थिए । त्यस्तै, अध्यक्ष टण्डनलेले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।
त्यस्तै ,संघको विधानत अध्यक्षबाट मनोनीत हुने सदस्यहरुमध्ये १ जनालाई आगामी कार्यसमिति बैठकमा छलफल गरी मनोनीत गर्ने गरी निर्णय गरिएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष रितेश मित्तलले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता व्यक्त गरे । सोही क्रममा उनले रेमिट्यान्स व्यबसायलाई अझ व्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागी पर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
नेपाल मुद्रा विप्रेषक संघले संघको १९औं वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गरेका पूर्व पदाधिकारीहरुलाई सम्मान प्रदान गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend