बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

गोरेटो बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न; कृष्ण ब. केसीको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

गोरेटो बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न; कृष्ण ब. केसीको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

काठमाडौं । धुम्बाराहीस्थित गोरेटो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। यही पुष १३ गते शनिबार सम्पन्न भएको संस्थाको साधारणसभाले कृष्ण बहादुर केसीको अध्यक्षतामा नयाँ संचालक समितिले निर्वाचन सम्पन्न गरेको छ ।

नवनिर्वाचित संचालक समितिमा अध्यक्ष केसीका साथमा उपाध्यक्षमा पूर्ण बहादुर तामाङ , सचिवमा शैलेन्द्र श्रेष्ठ , कोषाध्यक्षमा यादव प्रसाद लामिछाने लगायत रहेका छन् । त्यस्तै , साधारणसभाबाट नवराज देउजाको संयोजकत्वमा लेखा समितिको पनि निर्वाचन सम्पन्न भएको छ ।

काठमाडौंको चाबहिलमा सम्पन्न भएको संस्थाको साधारणसभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को संस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ। त्यससँगै , संस्थाको लेखापरीक्षण प्रतिवेदन र आगामी आ.व.को लागि प्रस्तावित योजना पनि सभाले पारित गरेको छ।

१५औं साधारणसभामा संस्थाका उत्कृष्ट कर्मचारी तथा सदस्यहरूलाई सम्मान र पुरस्कृत गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend