बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मकर जितुमाया सुरी हाइड्रोपावरको १६औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

मकर जितुमाया सुरी हाइड्रोपावरको १६औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

२१ पुष , काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले १६औं बार्षिक साधारणसभा सम्पन्न गर्दै कम्पनीको वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।

कम्पनीका अध्यक्ष हिमाल गुरुङको अध्यक्षतामा आइतबार  ( २१ पुष  ) काठमाडौंमा   सम्पन्न साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०/०८१ को बार्षिक प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको हो ।

त्यस्तै , लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण , आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने लगायतका  प्रस्तावहरु सभा ले पारित गरेको छ ।

यस कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा अवस्थित ७ मेगावाटको सुरी खोला जलविद्युत आयोजना र माथिल्लो सुरी खोला जलविद्युत आयोजनाबाट विगत २ वर्ष देखि व्यावसायिक विद्युत उत्पादन गर्दै आएको छ। समीक्षा आर्थिक वर्षमा कम्पनीले रु. २५ करोड ९२ लाख बराबरको विद्युत उत्पादन गरि बिक्री गरेको जनाएको छ।

साधारणसभामा शेयरधनीहरुको प्रश्न र जिज्ञासाको  अध्यक्ष गुरुङले जवाफ दिएका  थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend