१९ पुष, काठमाडौं । आज संघीय संसदअन्तर्गत ६ वटा समितिको बैठक बस्दै छ । जसअन्तर्गत अर्थ समितिको बैठक कक्षमा अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिँदैछ ।
यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिको सभाकक्षमा आज बिहान ११ बजे बस्दैछ । बैठकको कार्यसूचीमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिको विषयमा छलफल हुँदैछ ।
त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको ३१औँ बैठक पनि आज ११ बजे बस्दैछ । यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको ५५औँ बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को सम्बन्धमा छलफल हुँदैछ ।
यस्तै, आज संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको २९ औँ बैठक पनि बस्दैछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदैछ । बैठक बिहान ११ बजे बस्दैछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend