बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

रावा इनर्जि लिमिटेडमा पाचौं साधारणसभाबाट नयाँ संचालक समिति निर्वाचित; वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

रावा इनर्जि लिमिटेडमा पाचौं साधारणसभाबाट नयाँ संचालक समिति निर्वाचित; वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

काठमाडौं । रावा इनर्जि लिमिटेडले आफ्नो पाँचौ वार्षिक साधारणसभा पुष १६ गते, मंगलबार सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष बद्रीप्रसाद गौतमको अध्यक्षतामा काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरेको छ।

साधारणसभाले आगामी चार वर्षको कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन सम्पन्न गरेको छ। सभाले संस्थापक शेयरधनिको तर्फबाट प्रतिनिधित्व गर्दै बद्रीप्रसाद गौतम , राजनकुमार दाहाल र ध्रुव कुमार रेग्मीलाई चयन गरेको छ। त्यस्तै , स्वतन्त्र संचालकको तर्फबाट भरतराज पोखरेलको नियुक्ति अनुमोदित भएको छ।

साधारणसभाले कम्पनीको संचालक समितिमा पाँच जना संचालक रहने विशेष प्रस्ताव पनि पारित गरेको छ।

यस कम्पनीले खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाटको माथिल्लो रावा खोला साना जलविद्युत आयोजना निर्माण गरी विगत ४ वर्ष देखि संचालन गर्दै आएको छ। आ.व. २०८०/८१ मा कम्पनीले विद्युत बिक्रीबाट रु. ७ करोड ७२ लाख आम्दानी गरेको छ।

समीक्षा आर्थिक वर्षमा शेयर पूँजी रु. २८ करोड रहेको कम्पनीले यस वर्ष लाभांश प्रस्ताव गरेको छैन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend