बंगलादेश (ढाका) । बंगलादेशको ढाकामा जारी अन्तराष्ट्रिय व्यापार मेलाका सहभागी नेपाली व्यवसायीले निर्यात गर्ने संगठित संस्था नहुँदा निर्यात व्यापार कमजोर वनेको औल्याए । ढाकास्थित नेपाली राजदूतावासले नेपाली व्यवसायीसँग गरेको छलफलका सहभागीले निर्यात प्रवद्र्धन गर्ने संगठित सँस्था नहुँदा नेपालको अन्तर्रा्ष्ट्रिय बजार साँघुरो भएको बताएका हुन् । कार्यवाहक राजदूत धनबहादुर वलीले २४ औँ ढाका अन्तर्रा्ष्ट्रिय व्यापार मेलामा सहभागी हुन आएका नेपाली व्यावसायीलाई दूतावासमा स्वागत गर्दै सरकारले राजदूतावास मार्फत निर्यात प्रवद्र्धनमा जोड दिने नीति लिएको जनाए ।
उनले प्रधानमन्त्री, अर्थ मन्त्री, वाणिज्य मन्त्री लगायत सिंगो सरकार निर्यात प्रवद्र्धन बढाउने र व्यापार घाटा कम गर्ने कुरामा चिन्तित रहेको बताए । उनले नेपाली उत्पादन निर्यातका लागि बंगलादेश उत्कृष्ठ वजार रहेको बताए । ‘बंगलादेश सरकारले नेपाली उत्पादन ९३ वटा बस्तुको सूची मागे पनि हामीले दिन सकेनौ’, उनले थपे,‘नेपालमा निर्यात गर्ने संगठित संस्था नहुँदाको परिणाम हो यो ।’नेपालमा आयात तथा उत्पादन कार्यमा संलग्न व्यवसायीका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल च्याम्बर अफ कमर्स जस्ता संस्था भए पनि निर्यात गर्ने अलग्गै संगठित संस्थाको अभाव खड्किएको नेपाली व्यवसायीको प्रतिक्रिया थियो । सहभागीको जोड थियो, नेपालको उत्पादन निर्यात प्रवद्र्धनका लागि अलग्गै संस्थाको आवश्यकतामा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend