काठमाडौं– गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको बिषय अहिले चर्चामा छ । यसरी जम्मा गरेको पैसा बिदेशी बैंकमा लुकाएर राखेको भन्दै नेपालका केही व्यक्रिहरुको नाम चर्चामा छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष दालतमा मुद्दा दायर गरेको छ । श्रेष्ठविरुद्ध अख्तियारले १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ रुपैयाँ ८८ पैसा विगो दावी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend