सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यस कारण जन्मियो अर्घाखाँची मौलिक सस्कृति संरक्षण समाज

यस कारण जन्मियो अर्घाखाँची मौलिक सस्कृति संरक्षण समाज

मोतिराज खनाल ।

धेरै पहिले देखी मनमा लागिरहेको थियो पुराना कला संस्कृति लोपोन्मुख अबस्थामा पुगेका छन । तिनीहरुको संरक्षण गर्नु जगेर्ना गर्नु र प्रबर्धन गर्नु हामीसबैको कर्तब्य र दायित्व हो । त्यही कर्तब्यको आत्मबोध गर्दै अर्घाखाँचीबाट काठमाडौंमा आई बिभिन्न पेसा ब्यबसाय गरेर बसेका हामी मनमिल्ने साथीहरुको सर (सल्लाह मुताबिक यो अत्यान्तै गौरब गर्ने खालको सस्था निर्माण गरेका छौ ।

यो कामले हामी सबै अर्घाखाँची बासीलाई खुशी तुल्याउने छ ।

यो सस्थाको काम भनेको हाम्रा कलासंस्कृति को संरक्षण गर्ने । लोपोन्मुख बाजागाजा को संरक्षण गर्ने, लोक सस्कृतिको संरक्षण गर्ने रितिरिवाज अनुसार राष्ट्रमा लोप हुन दिनै नहुने राष्ट्रसङ्ग जोडिएको देबी देवताका मठमन्दिको संरक्षण गने ,ज्युदो र मर्दामा पबित्र बनाउने पन्चायन देवता, कुल देवता लगायत सम्पुर्ण गंगा तिर्थस्थलको संरक्षण गर्ने , भजनकिर्तनको संरक्षण गर्ने, बेद ,रामायण ,कृष्ण चरित्र ,देबि भागबत,पाटिपौवा र बिसौना चौतारि लगायतका सम्पुर्ण सम्पदाहरुको संरक्षण गर्ने साथै हाम्रा एतिहासिक संस्कृति जस्तै सोरोठि नाच ,पन्चेबाजा, मौलिक देउसी भैलो ,मौलिक तिजगीत ,मौलिक रोइला र परम्परा देखि चल्दै आएको सराय नाच, भैरभ नाच , लाखे नाँच र राष्ट्रीय गान समेतको संरक्षण र प्रबर्धन गर्न अर्घाखाँचीका कलाकार ,पत्रकार तथा समाजसेबी बुद्धीजिबी राष्ट्रप्रेमी मिलेर यो संथा स्थापना गरिएको हो ।

त्यतिमात्र हैन यो सस्थाले अर्घाखाँची जिल्लाको बिकाश निर्माणमा समेत महत्वपुर्ण भुमिका खेल्ने छ । भएका स्रोत र साधनको सहि सदुपयोग गर्दै बेरोजगार युवाहरुलाई रोजगारी सृजना गर्न सरकारलाई झक्झकाउने काम पनि यो सस्थाले गर्ने छ । हाम्रो जिल्लामा भएका सम्पदा र जरिबुटिको उचित संरक्षण र प्रबर्धन गर्नको लागि बिभिन्न संघ सस्था संग हातेमालो गर्दै अगाडि बढ्ने योजना बनाएका छौ ।हाम्रो सस्थाले लुकेर बसेका प्रतिभाशाली ब्यक्तिहरुको पनि उचित मुल्याङ्कन गरि तिनीहरुको प्रतिभालाई जनसमुदाय सम्म पुर्याउन पुलको काम पनि गर्ने छ । जुन उदेश्य बोकेर यो सस्था निर्माण गरिएको छ त्यही अनुरुपको काम गर्दै गैर नाफामुलक र गैर राजनितिक मुलक सस्था बनाउने हाम्रो उदेश्य रहेको छ ।

जल र जमिनको राम्रो संग सहि सदुपयोग गर्दै बिकाश निर्माण गर्ने काममा सरकार संग हातेमालो गर्ने अठोटका साथ हामीहरु लागिपरेका छौ ।पर्यटकीय क्षत्रको पहिचान गरि पर्यटन लाई बिकाश निर्माण संग जोड्ने योजना पनि रहेको छ ।

सुपादेउराली ,ठाडा दह ,पाणिनी तपोभूमी ,अर्घादर्बार ,खाँची दर्बार , नौ तले गुफा , रामणले बजाउने रामणशङ्ख ,बांणगंगा धाम , पर्यटकीय सम्भावना बोकेको सेङ्लेङ्ग दह र मसिनाको चुचुरो बाट हिमशृंखला हेर्दै पर्यटक हरुलाई आकर्षण गर्ने योजना बनाउने र अर्घाखाँचीलाई बिश्वमा चिनाउने सस्थाको योजना रहेको छ ।
लेखक खनाल लोक गायक तथा यस सस्थाका उपाध्यक्ष हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend