काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोध गरे पनि अन्तत संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । नेपाली कांग्रेसका सांसदहरुले विधेयक रोक्न बिभिन्न कसरत गरे पनि त्यो सफल हुन सकेन । नाराबाजीको बाबजुद सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिए ।
रोष्टममा पुगेपछि मन्त्री पोखरलेले विजयी भावमा हात हल्लाए भने सत्तारुढ सांसदहरुले ढ्याप ढ्याप पारेको देखियो । मन्त्री पोखरलले विधेयकमाथि छलफल ग।रियो भन्ने प्रस्ताव पेश गरे । तर, विपक्षी नाराबाजी गरिरहेका थिए भने सत्तारुढ दल रोष्टममा जान सक्ने अवस्था थिएन । त्यसैले कसैले पनि छलफलमा भाग लिएनन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend