काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन) र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच मरणोपरान्त अंगदान गर्ने सम्झौँता भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एपोनका अध्यक्ष दीपकप्रसाद दाहाल र प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सम्झौँता पत्रमा हस्ताक्षर गरे । साथै नेपाल औषधी उत्पादक संघले आगामी आगामी फागुन १७ देखि १९ फागुनसम्म चितवनमा सातौँ फर्मा तथा हेल्थ एक्स्पो हुने भएको छ ।
नेपाल औषधी उत्पादक संघका अध्यक्ष दी पक प्रसाद दाहालले मरेपछि खरानी हुने अंग कसैको जीवन बचाउनका लागि काम लाग्छ भने त्यसलाई किन समर्थन नगर्ने भन्दै अभियानमा सहकार्य गर्न चाहेको बताए । उनले औषधि उद्योग अस्पताल, डाक्टर र विरामीसंग बढी नजिक हुने र उनीहरुले प्रवर्धन गर्दा बढी प्रभावकारी हुने भन्दै यसलाई संस्थागत रुपमा नै अघि बढाउन लागेको बताए ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले अंगदान कार्यलाई प्रवद्र्धन गर्ने अभियानमा नेपाली औषधि उत्पादकले देखाएको सक्रियताको खुलेर प्रसंशा गरे । उनले मस्तिस्क मृत्यु सम्वन्धी कानुन बनिसकेको र त्यसले मिर्गौला, फोक्सो, मुटु, पेनक्रियाज, कलेजो, सानो आन्द्रा लगायतका ८ वटा अंग प्रत्यारोपण गर्न मिल्ने भएको भन्दै त्यसलाई अघि बढाउन जनचेतनाको खाँचो रहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend