१५ माघ, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको माघ १४ गते सम्पन्न सातौं बार्षिक साधारणसभाले ५.२०% लाभांश प्रदान गरेको छ।
त्यससँगै , कम्पनीको साधारणसभाले संचालकमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा र भोजप्रसाद तिमिल्सिना चयन गरेको छ । साधारणसभाबाट सर्वसाधारण सेयरधनी तर्फबाट दुई सञ्चालक निर्वाचित भएका हुन् । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजीको कुल ५.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।
सभाले चुक्ता पुँजी ३ अर्ब ७५ करोडको ५ प्रतिशत बराबरले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतले बराबरको ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश अनुमोदन गरेको हो । बोनस पारित भएसँगै सिटिजन लाइफको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणको प्रतिवेदन सदर गरिएको छ भने आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त समेत गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend