काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय नरहेको बताएका छन् । प्रजातन्त्रले प्रेस स्वतन्त्रताको प्रत्याभूत गर्ने भए पनि प्रेस स्वतन्त्राका नाममा हुने नराम्रा कामलाई आफ्नो सरकारले नस्वीकार्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्यान्डको डाभोसमा रहेका प्रधानमन्त्री ओलीले लोकतन्त्रको आकार र भविष्य’ सत्रलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।स्वीटजरल्याण्डको डावोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं बैठकको ‘सेपिङ द फ्युचर अफ डेमोक्रेसी’ सत्रमा उनले भने ‘नेपाल लोकतान्त्रिक देश हो ।
जहाँ प्रेसमाथि प्रतिबन्ध लगाउने कुनै गुञ्जायस छैन ।’प्रेस स्वतन्त्र छ भन्दैमा कसैको पारिवारिक, व्यक्तिगत जीवन वा प्रतिष्ठामा आघात र्पुयाउने समाचार लेख्न भने नहुने प्रधानमन्त्री ओलीको भनाई थियो । समाचार लेख्ने बेलामा अरुको प्रतिष्ठा, संवेदनशीलताको विषयमा पनि ख्याल गर्नुपर्ने उनको भनाई थियो । उनले भने, ‘लोकतन्त्र भनेको प्रेसका लागि मात्रै होइन, सबै नागरिकका लागि हो ।’नेपालले एकतन्त्रीय शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको बताउँदै प्रधानमन्त्री ओलीले प्रजातन्त्रलाई जनताको व्यवस्था भएको बताए ।
आफूले प्रजातन्त्र स्थापनाका लागि एक दशकभन्दा बढी जेल बसेको बताउँदै प्रधानमन्त्री ओलीले प्रजातान्त्रिक व्यवस्थामा ‘चेक एन्ड ब्यालेन्स’ को लागि चाहिने सबै व्यवस्था नेपालमा पनि भएको बताए । राष्ट्र प्रमुख महिला रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण जनता सार्वभौम रहेको बताए ।
‘लोकतन्त्रमा सञ्चार माध्यमले आलोचना गर्नु सामान्य कुरा हो’ प्रधानमन्त्री ओलीले भने, ‘तर पीत पत्रकारिता गर्नु राम्रो होइन । जनता प्रेस जिम्मेवार भएको हेर्न चाहन्छन् ।’सामाजिक सञ्जालले युवा पुस्तालाई मिसलिड गरिरहेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले सभ्य र विकसित समाज निर्माणका लागि हामी गम्भीर भएर लाग्नु आवश्यक रहेकोमा जोड दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend