बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको साधारणसभा बाट संचालकहरु निर्वाचित

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको साधारणसभा बाट संचालकहरु निर्वाचित

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षतामा माघ ११ गते बिहीबार  साधारणसभा सम्पन्न भएको हो ।

उक्त साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा  प्रस्तुत अघिल्लो आर्थिक वर्ष  ०७८/७९ वार्षिक प्रतिवेदन सहित लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।

सभाले संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने कुमारप्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्ण दास श्रेष्ठ र भरतकुमार तोदी तथा सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक केशवराज केसी र परिक्षीत खेम्कालाई सञ्चालक निर्वाचित गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend