सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४२ प्रतिशत रहेको एक अध्ययनले देखायो

नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४२ प्रतिशत रहेको एक अध्ययनले देखायो

खबरब्रेकिंग, काठमाडौं, माघ १२ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको अमेरिकाको ‘अनौपचारिक अर्थतन्त्रको आकार ७.३ प्रतिशत छ भने दोस्रो ठुलो अर्थतन्त्र भएको चीनको १२.७ प्रतिशत छ । तर नेपालको अनौपचारिक अर्थतन्त्रको आकार औसत करिब ४० देखि ४२ प्रतिशत छ ।

नेपालको ५३ खर्ब ८१ अर्ब रुपैयाँको अर्थतन्त्रको आकारमा अनौपचारिक अर्थतन्त्र करिब २२ खर्ब रुपैयाँ छ । नेपाल राष्ट्र बैंकको सहयोगमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय अर्थशास्त्र विभागले गरेको एक अध्ययनले यस्तो देखाएको हो । यसले नेपालको अर्थतन्त्र व्यवस्थित छैन भन्ने देखाउँछ ।

उक्त अध्ययनले नेपालको अनौपचारिक अर्थतन्त्र करिब ४१ प्रतिशत देखाएको हो । अनौपचारिक अर्थतन्त्र सबैका लागि चिन्ताको विषय बनेको अध्ययनले दर्साउँछ । अनौपचारिक अर्थतन्त्र भनेको आर्थिक अध्ययनका क्रममा छाया, भूमिगत, कालो, लुकेको, समानान्तर, रिपोर्ट नगरिएको वा रेकर्ड नगरिएको अर्थतन्त्र हो । आजको नागरिक दैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend