बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राष्ट्रियसभामा एमालेलाई १ सिट मात्रै , सत्ता गठबन्धनलाई १८; बदनाम सिटौला अध्यक्ष बनाईँदै

राष्ट्रियसभामा एमालेलाई १ सिट मात्रै , सत्ता गठबन्धनलाई १८; बदनाम सिटौला अध्यक्ष बनाईँदै

११ माघ , काठमाडौं । आज सम्पन्न भएको  राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ताधारी गठबन्धनले १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ ।

बिहीवार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा कोशीको एक सिटमा मात्रै एमालेले एक सिट जितेको छ भने बाँकी सबै सत्ताधारी पक्षले लगेको छ ।


कोशीमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मणि कोईरालाले जितेका छन् । राजनीतिमा निकै बदनाम र आलोचित  नेता सिटौला संसदीय निर्वाचनमा पटक , पटक पराजित हुँदै आए पनि अहिले कांग्रेसले उनलाई राष्ट्रियसभामा बलपूर्वक ल्याएको हो । कांग्रेसले उनलाई राष्ट्रियसभाको अध्यक्ष नै बनाउने तयारी गरेको छ ।

त्यस्तै, मधेसबाट काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी, वागमतीबाट काँग्रेसकी विष्णु पुडासैनी, काँग्रेसकै जितजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी, एकीकृत समाजवादीका घनश्याम रिजाल, गण्डकीबाट काँग्रेसका पदमबहादुर परियार, काँग्रेसका किरणबाबु श्रेष्ठ  माओवादी केन्द्रका मनरुपा शर्मा, लुम्बिनीबाट काँग्रेसकी विष्णु सापकोटा र माओवादी केन्द्रका झक्कु सुवेदी, कर्णालीबाट काँग्रेसका कृष्णबहादुर रोकाया, एकीकृत समावादीका सावित्री मल्ल, माओवादी केन्द्रका विष्णु विश्वकर्मा, सुदूरपश्चिमबाट काँग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा माओवादी केन्द्रका रेणु चन्द निर्वाचित भएका छन् ।

राष्ट्रिय सभामा १९ सिटका लागि बिहीवार मतदान भएको हो जसमा काँग्रेस १० सिट हात पारेको छ भने माओवादी केन्द्रले ५ सिट र एकीकृत समाजवादीले दुई सिट हात पारेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend