सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँची मौलिक संस्कृती संरक्षण समाज काठमाडौं गठन

अर्घाखाँची मौलिक संस्कृती संरक्षण समाज काठमाडौं गठन

काठमाडौ । पछिल्लो पुस्तामा आफनो मौलिक संस्कृती हराउँदै गएको बेला अर्घाखाँची जिल्लाबाट राजधानीमा आई बिभिन्न पेशा व्यवसायमा क्रियाशिल यूवाहरुले अर्घाखाँचीको मौलिक संस्कृती संरक्षण गर्ने उदेश्यले अर्घाखाँची मौलिक संस्कृती संरक्षण समाज काठमाडौ गठन गरेका छन् ।

नवगठित कार्य समिती अध्यक्षमा खिमा घिमिरे, उपाध्यक्ष कलामा मोतिराज खनाल, उपाध्यक्ष संस्कृतिमा दिपक पौडेल, उपाध्यक्ष प्र क्षेत्र १ शिवदेव पाण्डे, उपाध्क्ष प्र क्षेत्र २ बाट नरहरि घिमिरे, महासचिवमा गिरीराज पन्थी, सचिव प्रचारमा मुकुन्द भुसाल, सचिव कार्यालयमा विशाल महत, सचिव कला संस्कृतीमा खुमराज घिमिरे, कोषाध्यक्षमा गोबिन्द श्रेष्ठ, सदश्यहरुमा सुवास कोइराला, शुरेश भटटराई,मुकुन्द गैरे,बिन्दु कोइराला, आकृति पोख्रेल रहेका छन् । साथै सल्लाहाकारहरुमा विशाल मिश्र,मनोज आचार्य,चुणामणी खनाल, नारायण प्रसाद श्रेष्ठ, गंगा पन्थी,धर्म खनाल,नारायण आचार्य, कमल रायमाझी रहेका छन् ।

नवगठित अर्घाखाँची मौलिक संस्कृती संरक्षण समाज काठमाडौका अध्यक्ष खिमा घिमिरेले अर्घाखाँची जिल्लाको कला संस्कृतीको जर्गेना गर्दै जिल्लाको विकासमा यो संस्थाले काम गर्ने बताए । समाजका उपाध्यक्ष एबम यूवाकलाकार मोतीराज खनालले लोप हुन थालेको कला संस्कृती संरक्षण गर्ने उदेश्यले समाज गठन गरेको बताए ।

समाजका महासचिव गिरीराज पन्थी र कोषाध्यक्ष गोबिन्द श्रेष्ठले अर्घाखाँची जिल्लाको कला संस्कृती जर्गेना संगै जिल्लाको विकास र समाजसेवाको काममा पनि यो संस्था एक ढिक्का भएर लाग्ने बताए । समाजले यही माघ १२ गते शनिबार वनभोजको कार्यक्तम समेत आयोजना गरेको छ ।

बनभोज कार्यक्रममा नेकपाका नेता टोपबहादुर रायमाझी , नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल लगायत जिल्लाका प्रतिष्ठित व्यक्तिहरुको सहभागीता रहने आयोजकले बताएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend