सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

खबरब्रेकिंग,काठमाडौँ, माघ ११ गते । सुपर खुदी हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य एक सय रुपैयाँका दरको ६९ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गन लागेको हो ।

कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सुपर खुदी हाइड्रोपावरका वरिष्ठ आयोजना प्रबन्धक रवि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटलो तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend