बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मातृशक्ती बचत तथा ऋण सहकारीको १५औं वार्षिकोत्सब सम्पन्न

मातृशक्ती बचत तथा ऋण सहकारीको १५औं वार्षिकोत्सब सम्पन्न

१० माघ , काठमाडौं । सिनामंगलस्थित मातृशक्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सब मनाएको छ। संस्थाकी अध्यक्ष मीठु श्रेष्ठको अध्यक्षता तथा  यस सहकारीका सल्लाहकार समेत रहेका वरिष्ठ अर्थविद  डा. रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रमबीच संस्थाले वार्षिकोत्सब कार्यक्रम  सम्पन्न गरेको हो।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं -९ का वडा सदस्यहरु टेक प्रसाद अधिकारी , चन्द्र श्रेष्ठ , सृजना भेटवाल तथा सहकारीका शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

मातृशक्ती साकोसका कार्यकारी प्रमुख सीता भट्टराईका अनुसार सहकारीमा करिब ६०० सदस्यहरुबाट  रु. ५० लाख शेयर पुँजि  रहेको छ। संस्थाको कुल वासलात करिब रु. ३ करोड रहेको छ।

संस्थाले संस्थागत सुशासन र पारदर्शितामा ध्यान दिने र सदस्यहरुको हितलाई  सधैं ध्यान दिएर काम गर्दै आएको कार्यकारी निर्देशक भट्टराईले कार्यक्रममा बताइन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रामप्रसाद दाहालबाट लिखित उपन्यास “बोल्दैन फोटो” को विमोचन समेत गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend